नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक सम्पादन भेला प्रदेश २ मा सम्पन्न
धनुषा । २०७८ पुस ११ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि प्रदेश २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा अभिलेखीकरण गरिएका ६ सय ७७ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तथ्य तथ्याङ्कसहितको विवरणका लागि वार्षिक सम्पादन भेला धनुषामा सम्पन्न गरिएको छ । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका आवश्यक सूचनासहित पुनः पुष्टिका लागि पुस ९ र १० गते गरिएको वार्षिक सम्पादन भेलामा नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठी र इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले सम्पादन गर्नुभएको प्रदेश २ का प्रलेख अधिकृत सागर कँडेलले बताउनु भयो ।
प्रदेश २ मा सप्तरी प्रतिनिध मनोहर पोखरेलले ९१ ओटा, सिरहा प्रतिनिध दुर्गा परियारले १ सय २० ओटा, धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहले १ सय ७ ओटा, महोत्तरी प्रतिनिधि अजयकुमार साहले ९६ ओटा, सर्लाही प्रतिनिधि बुधन साहले ५४ ओटा, रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाले ६४ ओटा, बारा प्रतिनिधि भोलानाथ पौडेलले ७५ ओटा र पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले ७० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन गरिएको इन्सेक प्रदेश २ प्रमुख राजु पासवानले बताउनु भयो ।
वार्षिक सम्पादन भेलामा जिल्लागत रुपमा इन्सेक जिल्ला प्रतिनिधिहरूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको वार्षिक सम्पादन र तथ्याङ्कको पुष्टिका लागि सम्पादन टोलीले सम्पादन गरी सङ्कलित विवरणमा छुटेका र पुष्टि गर्नुपर्ने तथा न्यायमा भएको पहुँचको सवालमा सल्लाह सुझाव दिएको छ । पुस ९ र १० गते आयोजना गरिएको वार्षिक सम्पादन भेलामा आठ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
दिपेन्द्रप्रसाद सिंह