नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

बाजुरा । २०७८ पुस १२ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पूर्व समीक्षा कार्यक्रम पुस ११ गते मार्तडीमा सम्पन्न गरिएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धीत घरेलु हिंसा, लैङ्गिक हिंसा, बलात्कार, बलात्कारको प्रयास गरी ९० ओटा घटनाहरु इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहले प्रस्तुत गर्नु भएको थियो ।

सहयाक प्रमुख जिल्ला अधिकारी कृष्णादत्त जोशीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकलाई जिल्लाको मात्रै नभई राष्ट्रको नै मानव अधिकारको दस्तावेज भएकोले यसको घटनाहरुको पुनर्पुष्टि गर्ने कार्य महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तक पीडितहरुको न्याय तथा राहतका लागि पनि सहयोगि पुस्तीका सावित भएको बताउनु भयो ।

घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा घरेलु हिंसाका घटनालाई मेलमिलाप गर्नु पर्ने व्यवस्थाले गर्दा घटनाहरु मिलापत्रमा टुङ्गिने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चतुरभुज ओझाले बताउनु भयो । उहाँले जिल्लामा प्रहरी र इन्सेकको सहकार्यले दुरदराजबाट बाहिर आउन नसकेका घटनाहरु सतहीकरण हुन गई पीडितहरुलाई न्याय दिन सहज भएको बताउनु भयो । गैर सरकारी महासघका सचिव कृष्ण अधिकारीले इन्सेकले दुर्गम गाउँमा गएर शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक अधिकारका सवालहरुलाई पनि अध्ययन गरी वर्ष पुस्तकमा समेट्नु पर्ने सुझाव दिनु भयो । अधिवक्ता हर्क खडायतले गाउँमा बालिविवाहका घटनाहरु हुने गरेको भएपनि यी घटनाहरु कानुनी प्रक्रिया नआएकाले यसतर्फ इन्सेकले सहयोग गरी अभिलेख गर्नु पर्ने बताउनु भयो ।

पदमबहादुर सिंह