नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

डोल्पा । २०८० असार १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोल्पाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा २०७९ पुस १७ देखि २०८० असार १३ गते सम्म हिमाली जिल्ला डोल्पामा भए गरेका मानव अधिकार ज्यादती र उलङ्घनका घटनाहरुको पुर्व समिक्षा कार्यक्रम सम्पन्न भएको हो । इन्सेक जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाले राज्य पक्षबाट दुई  र गैर राज्य पक्षबाट एक र घरेलु हिंसाबाट दुई गरेर पाँच ओटा घटनाहरु सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले विगतको तुलनामा घटनाहरुको अभिलेखीकरण कम भएको पाइएको बताउनु भयो । उहाँले भन्नु भयो  मानवअधिकार उलङ्घन तथा हनन्मा कमी आएको हो भने खुशिको कुरा हो तर भौगोलिक विकटता र संचारको पहुँचको कमीले सङ्कलनमा समस्या भए छुटेका घटनाहरुको स्थलगत खोजी गरेर अभिलेखीकरण गर्नु पर्नेमा जोड दिनु भयो । सिमित स्रोतसाधनले पनि इन्सेकले दुर्गम बस्तीहरुमा पुगेर घटना सङ्कलन गर्दै आएको र इन्सेकले सङ्कलन गरेका घटना बस्तुनिष्ठमा आधारित रहने गरेको बताउनु भयो ।

त्रिपुरासुन्दरी नगरपालिका–४ का अध्यक्ष रन्जित बुढाले जिल्लाका हरेक पालिकामा रहेका न्यायिक समिति र इन्सेकको सहकार्य अपरिहार्य भएकाले आगामी वर्ष देखि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो वडास्तर देखि पालिका केन्द्र सम्म न्यायिक समिति भएपनि अधिकार र कार्यक्षेत्र सम्बन्धि अस्पस्टता हुँदा प्रभावकारी काम हुन नसकेकाले इन्सेकसंग सहकार्य गरेर जनचेतनामुलक र अधिकार प्रवर्धन कार्यक्रम संचालन गर्न पालिकाले आर्थिक सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला अदालत जिल्लाप्रशासन कार्यालय ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि राजनीतिकदलका प्रतिनिधि नागरिक समाजका प्रतिनिधिहरु गरेर ३५ जनाको सहभागिता रहेको थियो ।

 विष्णुप्रसाद देवकोटा