नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

गोरखा । २०७९ असार ७ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । समीक्षामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सङ्कलन गरेका १७ ओटा घटना अभिलेख गरेको छ । नौ ओटा बाल अधिकार अन्तर्गत बलात्कार, बलत्कार प्रयास, यौन दुर्व्यवहार, चार ओटा महिला अधिकार अन्तर्गत बलात्कार र यौन दुव्र्यवहार, चार ओटा कुटपिटका घटना सङ्कलन गरिएको प्रतिवेदनमा समेटिएको छ ।

ज्ञानको अभाव र मानवीय ‘इगो’का कारण पनि हिंसाजन्य घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर सोमदास ढकालले बताउनु भयो । हिसांजन्य घटना न्यूनिकरणका लागि जनप्रतिनिधि, टोल सुधार समिति सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । ‘सबै प्रहरीले कन्ट्रोल गरेर मात्र सकिँदैन ।–उहाँले भन्नु भयो–‘सबैले पहल गर्नुपर्छ ।’ वर्ष पुस्तकको घटना अभिलेखिकरण प्रशंसनीय रहेको पत्रकार महासङ्घ गोरखाका अध्यक्ष नरहरी सापकोटाले बताउनु भयो ।

हरिराम उप्रेती