नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

बाँके । २०७९ असार २८ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व अर्धवार्षिक  समीक्षा कार्यक्रम असार २८ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी थारूले  जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गर्नु भयो । जसमा  सन् २०२२ जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएका अभिव्यक्ति भेला तथा संगठित हुन पाउने अधिकारमा एक, बाल अधिकार अन्तरगत बलात्कार बलात्कारको प्रयास १४ वटा ,महिला अधिकार अन्तरगत बलात्कार बलात्कारका प्रयास पाँच वटा ,मानव बेचविखन तथा ओेसारपसार दुई, हत्याको प्रयास एक, दाइजो नल्याएको आरोप एक, बहुविवाह ११ वटा, बेपत्ता पारेको एक गरी ३६ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले कार्यक्रममा सहजीकरण गर्दै अभिलेख गरिएका घटनाहरूका विषयमा पुष्टी गर्न र थप सुझाव तथा प्रतिक्रिया दिन आग्रह गर्नु भयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख झंकरबहादुर रावलले सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारका सवालहरू पनि समावेश गरिनुपर्ने र सार्बजनिक सरोकारका विषयमा अदालतले गरेका आदेशहरु पनि समावेश गरिनुपर्ने सुझाव दिनुभयो । अधिवक्ता बसन्त गौतमले सामाजिक सञ्जालमा बालबालिकाहरूको नाम र फोटो सार्वजनिक गर्ने विषयमा निगरानी कस्ले गर्ने यस विषयमा आवाज उठाउनु पर्ने बताउनु भयो । अभियान नेपालकी कमला पन्तले मातृशिशु मृत्यु दर बढेको महिला तथा बालबालिकाको कार्यालयले तथ्याङ्क सार्वजनिक गरेकोले उक्त तथ्याङ्कलाई राख्नुपर्ने र आन्तरिकरुपमा हुने बालबालिका बेचविखनमा निगरानी बढाउनुपर्ने बताउनु भयो ।

लक्ष्मी थारू