नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
दाङ । २०७९ पुस ३ गते
इन्सेक दाङको अयोजनामा पुस २ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते घोराहीमा सम्पन्न भएको छ ।कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले दाङ जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा २ सय २६ ओटा मानव अधिकार सम्बन्धी घटना रहेका छन । जस मध्ये १ सय १५ ओटा घरेलु हिंसा, ४० ओटा बलात्कार, आठ ओटा घटना बलात्कार प्रयास र आठ ओटा यौन दूव्र्यवहार, आठ ओटा धरपकड, हत्या नौ ओटा, हत्या प्रयास दुई ओटा, कथित बोक्सी आरोप एक, आत्म हत्या दुरुत्साहन एक, बन्द हडताल र तोडफोड १२ ओटा, अपहरण र शरीर बन्धक पाँच ओटा, मानव बेचबिखन तथा ओसार पसारका दुई ओटा, दुर्व्यवहार पाँच ओटा, बम बिष्फोट ६ ओटा, कुटपिट चार र जातीय विभेद एक रहेका छन् । घोराही उपमनपाका उपप्रमुख हुमा डिसीले मानव अधिकारका आधारभूत बस्तुका विषयमा सचेत गराउन सबै पक्षको भूमिका आवस्यक रहेको बताउदै मानव अधिकारको अवस्था उजागर गर्ने इन्सेकको अभियानप्रति स्थानीय सरकारको सधै साथ सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक केवी मसालले वर्ष पुस्तकले सुशासन र समृद्ध समाज निर्माणमा भूमिका खेलेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर मिरा खड्काले मानव अधिकार वर्ष पुस्तकलाई थप प्रभावकारी बनाउन सूचनालाई पुनपुष्र्टि गर्न ध्यान दिनु पर्नेमा जोड दिनु भयो । नेकपा एमालेका जिल्ला सदस्य विष्णुराम आचार्य र नेकपा मसालका जिल्ला सदस्य टिकाबहादुर बिकले अझै पनि नागरिक, राजनीतिक अधिकारको कार्यान्वयनमा समस्या रहेको भन्दै मानव अधिकार वर्ष पुस्तकले राजनीतिक अधिकारका सवाललाई ध्यान दिन सुझाव दिनु भयो ।कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसायी, हिंसा पीडितहरूको सहभागिता रहेको थियो ।
जयनारायण पुन