नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४, अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
कालीकोट । २०८० असार १८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ का लागि सङ्कलित घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १८ गते मान्ममा सम्पन्न भएको छ । इन्सेक कालिकोटको आयोजनामा राखिएको कार्यक्रममा जिल्लामा सन् २०२३ जनवरीदेखि जुन सम्ममा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २५ ओटा घटना समेटिएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले प्रस्तुत गर्नु भएकाे थियाे । प्रस्तुत घटनाहरूमा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ६, बहुविवाह तीन , हत्याका एक, दुव्र्यवाहर पाँच र घरेलु हिंसाका १० ओटा गरी २५ ओटा घटना रहेका छन् । कार्यक्रममा जिल्ला न्यायाधिश भरत लम्सालले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन तथा सम्प्रेषण गर्ने घटनाले समाजमामा मानव अधिकार सस्कृतिको विकास हुनुका साथै सामाजिक विकासमा टेवा पुगेको बताउनु भयो । साथै उहाँले अदालती प्रक्रियामा दर्ता भएका मुद्दाहरुको समेत इन्सेकले खोजी गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले जिल्लाका विकट बस्तीमा लुकेर रहेका मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनाहरु उजागर गर्न इन्सेकलाई अग्रह गर्नु भयो । उहाँले मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने राज्यको दायित्व भएपनि इन्सेक जस्ता मानव अधिकारको क्षेत्रमा काम गर्ने सस्थाहरुले महत्वपूर्ण काम गरिरहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय डिएसपी जयश्वर रिमालले घरेलु हिंसाका घटनाहरु अधिकांश मेल मिलापमा जाने भएकाले इन्सेकले घटनाको फलोअफ गरेर मात्र पुस्तकमा प्रकाशन गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा कांग्रेसका गणेश शाही,एमालेका पुष्पराज गिरी,माओवादी केन्द्रका मिमबहादुर कार्की,एकिकृत समाजवादीका लालबहादुर मल्ल, जिल्ला कारागरका जेलर नरबहादुर मिजार, जिल्ला बार इकाईका अध्यक्ष अमलराज शाही,नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट,नागरिक समाजका दमराज वम,दलित अधिकारकर्मी रमेश नेपाली र महिला अधिकारकर्मी कोपिला शाही लगाएतको सहभागीता रहेको थियो ।
कालीहादुर मल्ल
HUMAN RIGHTS NEWS PORTAL






