नेपाल मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

पर्वत । २०७७ पुस ६ गते

 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते पर्वतमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्बर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले समीक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि एवंम पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले राज्य पुग्न नसकेको स्थानमा पनि इन्सेक पुगेर मानव अधिकार उल्लङ्घनका घटनामा खबरदारी गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समयमा घरेलु हिंसाका घटनाहरु बढ्दै गएको तितो यथार्थ औल्याउँदै सामाजिक सचेतनामा परिवर्तन आउन नसक्नु र मदिरा सेवन नै घरेलु हिंसा कारक बनेको बताउनुभयो । कार्यक्रममा पर्वत जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले मानव अधिकार घटना अनुगमन तथा तथ्याङ्क प्रलेखीकरणले इन्सेकले गरेका कार्य जिल्लागत अवस्था थाहा पाउनका लागि अत्यन्तै सान्दार्भिक रहेको बताउनुभएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतका महिला बालबालिका सेवा केन्द्रका सव इन्स्पेक्टर विराज ढकालले दलित समुदायमा घरेलु हिंसा सम्बन्धी घटनाहरु बढी देखिएका कारण सचेतनामुलक कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्थानीय स्तरमा गठित न्यायीक समिति प्रभावकारी बन्न नसकेको गुनासो गरेका थिए । इन्सेक प्रतिनिधि सन्तोष थापाद्वारा प्रस्तृत प्रतिवेदनमा राज्य पक्षबाछ गिरफ्तारीका चार ओटा र गैराज्यपक्षबाट कुटपिट धम्कीका तीन ओटायौन दुव्र्यवहारका पाचँ ओटाबलात्कारका पाचँ वटामहिला बलात्कारका एकघरेलु हिंसाका १६आत्महत्या दुरुत्साहानका एम र हत्या सम्बन्धी एक घटना गरी ३६ ओटा घटना सार्वजनिक गर्नुभएको थियो ।

सन्तोष थापा