नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा सम्पन्न
रुकुम (पूर्व) । २०८० मङ्सिर २५ गते
इन्सेक रुकुम पूर्वको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २२ गते रूकुमकोटमा सम्पन्न भएको छ । कार्यक्रमको उद्दश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत विनोद पाण्डेले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार पुस्तकका लागि जिल्ला सङ्कलित घटनाहरू सारेकारवाला निकायबिच पुनर् पुष्टि गर्ने उद्देश्यले ६÷६ महिनामा पूर्व समीक्षा गरी घटनाको अद्यावधिक गर्दै आएको बताउनु भयो । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता रामप्रकाश पन्थीले भूमे गाउँपालिकामा सुत्केरी महिलाको मृत्यु भएको, १४ वर्षीय बालकले ७७ वर्षीया वृद्धालाई बलात्कार गरेको, ११ वर्षीया बालिकालाई आफन्तले बलात्कार गरेको विषयलाई मानव अधिकार वर्ष पुस्तकमा समेटनु पर्ने बताउनु भयो ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पन्थीले अदालतले कसुरदार प्रमाणित नगरेसम्म चालु मुद्दालाई इन्सेकले सार्वजनिक नगर्न आग्रह गर्नु भयो । नेकपा एमालेका जिल्ला उपसचिव भावना बुढाथोकीले आरोपित मात्रै हो भने सार्वजनिक गर्नु नहुने बताउदै दोषी भए राजनितिक प्रपञ्च मिलाएर लुकाउनु पनि नहुने धारण राख्नु भयो । जिल्लाका घटनाहरूको जानकारी लिदै दलित अधिकारकर्मी हर्कविर कामीले जिल्लामा जातीय विभेदका घटनाहरूलाई पनि समेटन आग्रह गर्नु भयो । प्रमुख जिल्ल अधिकारी माधवप्रसाद शर्माले शान्ति सम्झौताको १७ वर्ष पुरा भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म टुङगो लाग्न नसकेको बारे इन्सेकले पनि पैरवी गर्नु पर्ने बताउनु भयो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले मानव अधिकारको क्षेत्रमा ३५ वर्षदेखि क्रियाशील इन्सेक मानव अधिकार प्रर्वर्धनका कार्यको भूमिकालाई सिस्ने सरकारको तर्फबाट विशेष धन्यवाद प्रकट गर्नु भयो । इन्सेक लुम्बिनी प्रदेशका अधिकृत विनोद पाण्डेको अध्यक्षतामा सुरू भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीको प्रमुख आतिथ्यता सञ्चालन भएको थियो भने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रजिअ माधवप्रशाद शर्मा र जिल्ला प्रहरी कार्यालयका डिएसपी अञ्जना श्रेष्ठको बिषेश आतित्थ्थता सम्पन्न भएको थियो ।
बिक्रम परीयार
HUMAN RIGHTS NEWS PORTAL






