नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
जाजरकोट । २०७७ पुस ६ गते
इन्सेक जाजरकोटको आयोजनामा पुस ५ गते सदरमुकाम खलङ्गामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि दिनेश कुमार श्रेष्ठले २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला अदालत जाजरकोटका श्रेष्तेदार जगदिशप्रसाद भट्टले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लङ्घन घटनाको विषयलाई समेटेर वर्ष पुस्तक प्रकाशन गर्ने गरेको र सो पुस्तक नेपालको मानव अधिकारको क्षेत्रमा घटेका घटनाको दस्ताबेजको रूपमा लिने गरिएको हुँदा तथ्यमा आधारित सूचना प्रकाशन गरिनु पर्ने बताउनुभयो ।
यस्तै नेपाल बार एएसोसिएसन जाजरकोटका अध्यक्ष भिमबहादुर सिंहले मानव अधिकारका क्षेत्रमा इन्सेकले खेलेको भूमिका सकारात्मक रहेको र जिल्लामा घटेका घटनालाई दस्तावेजको रूपमा प्रकाशन गर्दै आएकोले कुनै पनि घटना नछुटाउन आग्रह गर्नुभयो । कार्यक्रममा सरकारी कार्यालय, नागरिक समाज, कानुन व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारण गरि १७ जनाको उपस्थिति रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय