नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न
सोलुखुम्बु । २०८१ असार ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी १ देखि जुन १ सम्म जिल्लामा इन्सेकले अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि समीक्षा गरिएको हो ।
जिल्लामा सन् २०२४ को पहिलो पाँच महिनाको अवधिमा २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी सरोकारवालालाई दिइएको छ । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अञ्जु कार्कीले जिल्लामा सबै भन्दा बढी घरेलु हिंसा अभिलेखीकरण गरिएको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ ।
इन्सेकको तथ्याङ्क अनुसार महिलाविरूद्ध हुने भेदभाव, दुव्र्यवहार, बलात्कार, बलात्कारको प्रयास र यौनदुव्र्यवहारका घटना तीन ओटा, हत्या तथा कुटपिटका घटना पाँच ओटा, हत्याका घटना दुई ओटा, नवजात शिशुको हत्या दुई ओटा, कुटपिटका घटना दुई ओटा र घरेलु हिंसाका १७ वटा घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ ।
समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सहसचिव अमृत राई, नेपाल मानव अधिकार सङ्गठन सोलुखुम्बुका प्रतिनिधि केश ढुङ्गानालगायत सरोकारवालाहरूको उपस्थिती थियो ।
अञ्जु कार्की