नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

झापा । २०८१ असार २३ गते

इन्सेक झापाको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रम असार २० गते झापामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्मको अवधिमा संकलन गरिएका  मानव अधिकार उल्लघंनका घटनाहरुको आधारमा समीक्षा गरिएको छ । ६ महिनाको अविधमा जिल्लामा ६९ ओटा घटनामा ६९ जना पीडित भएको इन्सेकको अभिलेख छ । जसमा अन्यराज्यपक्षबाट गोली प्रहार एक जना, हत्या घटनामा आठ जना , घरेलु हिंसामा दुई जना, बलात्कार २७ जना, बलात्कार प्रयास सात जना, वहुविवाहमा ६ जना, अपहरणमा एक जना, जातीय भेदभाव तथा छुवाछुतमा एक जना, यौन दुर्व्यवहारमा १५ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका ६९ वटा घटनामा ६९ जना पीडित भएका छन् । जसमा बालबालिका ३१ जना,महिला ३६ जना र पुरुष दुई जना रहेको समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले इन्सेकलाई धन्यवाद दिदै, इन्सेकले देशभरी नै अर्धवार्षिक समीक्षा गर्ने, जिल्ला प्रतितिधिहरुले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने र करेक्सन गरेर पुस्तक प्रकाशन गरेर सबैलाई आँखा देखाउने गरेको बताउनु भयो । मानव अधिकारको क्षेत्रमा यो सकारात्मक कार्य रहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।

          

इन्सेकले विभिन्न घटना कलेक्सन गरेर मानव अधिकारको अवस्था के छ, कतै बाट मानव अधिकारको हन्न भयो भएन यस विषयमा छलफल गराउँछ यो कार्य सकारात्मक हो, प्रमुख जिल्ला अधिकारी बास्तोलाले भन्नु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी मिलन केसीले प्रहरीमा पनि मानव अधिकार सेल रहेको मानव अधिकार सम्बन्धी नियमित प्रशिक्षण हुने गरेको बताउनु भयो । मानव अधिकारको विषयमा सचेत रहेको सचेनामुलक कार्यक्रम चलाइरहेको बताउनु भयो । मानव अधिकारको उल्लघंन गर्नु हुदैन भन्ने पक्षमा प्रहरी प्रतिबद्धरहेको बताउनु भयो । प्रहरीहरुलाई मानव अधिकारका विषयमा तालिम दिएर मानव अधिकार रक्षाका लागि सजग रहन निर्देशन गरेको बताउनु भयो । शसस्त्र प्रहरी बल गण नं २ झापाका एसपी.कविन्द्र राईले शसस्त्र प्रहरी बल सधैव मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनु भयो। कार्यक्रममा मानव अधिकार सञ्जालकी उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कविता बास्तोलाले इन्सेकले समग्रमा झापा जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने सन्दर्भमा राज्यलाई ध्यानकार्षण गर्न समीक्षा महत्वपूर्ण रहेको बताउनु भयो । इन्सेकबाट जे जति प्रतिवेदन आइरहेका छन् । जुन विषय उठान भइरहेका छन् यी सबै मानवअधिकारसँग जोडिएका विषय हुन । इन्सेकले उठान गरेको विषयहरु स्वास्थ्य बीमा,निजी अस्पतालमा दशप्रतिशत विपन्नलाई दिइने सुविधा सम्बन्धमा महत्वपूर्ण रहेको बताउनु भयो । इन्सेकले मानवअधिकार सवालहरु उठान गरेर मानवअधिकार रक्षकहरु स्वंम आफू कति असुरक्षित छन भन्ने घटनाहरु राख्न सुझाव दिनुभयो । कार्यक्रममा अधिकारकर्मी, सरकारका प्रतिनिधि, महिला मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

नरेश खाती