नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

अर्घाखाँची । २०७७ पुस ९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ८ गते सन्धिखर्कमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले इन्सेकले सन् २०२० को अवधिमा जिल्लामा सङ्कलन गरेका  घटना विवरण प्रस्तुत गर्नु भएको थियो । नागरिक तथा राजनीतिक अधिकारका तीन ओटा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका दुई, बाल अधिकरका आठ, महिला अधिकारका ७० वटा, जातीय विभेदको एक, कुटपिट एक र आत्महत्या दुरुत्साहनका चार ओटा घटनाहरू उल्लेख गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन शाहले इन्सेकको प्रतिवेदन साच्किकै प्रशसनीय भएको बताए । प्रतिवेदनमा सवै कुरा समेटिएको र जिल्लामा आत्महत्याको दर वढदो भएको हुँदा सो कुरालाई समेटन सुझाव दिनुभयो । जिल्ला कारागार कार्यालयका प्रमुख नुमला पन्थीले प्रतिवेदनले सवै क्षेत्रलाइ छोएको र पूर्ण भएको र यसलाई समय अनुसार परिस्कृत गर्दै लैजानु पर्ने बताउनु भयो । पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनालले मानव अधिकारकर्मी र पत्रकारको सम्बन्ध र भूमिका उस्तै उस्तै हुने हुँदा वर्ष पुस्तक सवैको साझा भएकोले सबैले सहयोग गर्नुपर्ने धारण राख्नुभयो । नेपाल बाल सङ्गठनका जिल्ला सभापति कुलबहादुर नेपाली, अन्तरपार्टी महिला सञ्जालको पूर्व सचिव शुशिला गैरे, नेपाल अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सदस्य कमला परियार, सन्धिखर्क एफ एमका स्टेशन म्यानेजर श्याम घिमिरेले सुझाव  दिएका थिए ।

नारायण भुसाल