नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

ललितपुर । २०७७ पुस १६ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरीने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रम पुस १५ गते ललितपुरमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा ८१ ओटो मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको समीक्ष भएको थियो । जसमा अधिकांश महिला तथा बालिका बलात्कार र महिला हिंसाका घटना रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनले महिलामाथि हुने हिंसा तथा बलात्कारका घटनाको न्यूनिकरणका लागि नागरीक समाजको भूमिका सदासर्वदा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “फौजदारी अपराध संहिता २०७४ ले घटना दर्ता गर्न प्रहरीका तल्लो तहका कार्यालयले नमानेमा माथिल्लो निकाय वा आयोगहरूमा जान पाउने व्यवस्था गरेको छ ।”

यसलाई मध्यजनर गरी अघि बढ्न र व्यक्तिगत विवरणलाई स्थानीय तहले व्यवस्थित गर्नुपर्ने खाँचो समेत रहेको एसपी महर्जनले औल्याउनुभयो ।  जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत मिन्द्रलाल योङ्हाङले व्यक्तिगत विवरणको अभिलेख सही ढङ्गले राख्न नसक्दा नागिकले समयमै नागरिकता, सामाजिक सुरक्षा सम्बन्धी परिचयपत्र लगायतका विभिन्न कागजात बनाउन झन्झट व्यहोर्नुपरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो क्षेत्रभित्र बस्ने नागरिकहरूको विवरण अद्यावधिक गर्ने र विद्यालयहरूले बालबालिकाहरूको जन्म दर्ताका आधारमा तथ्याङ्क राख्न सके निकै उपलब्धीपूर्ण रहन्छ ।”

नेपाली काङ्ग्रेसका नेता रवीन्स शर्माले समाजमूखि कानुन र व्यवहारीक पक्ष नमिलेको उल्लेख गर्दै कुष्ठालेनै हिंसा बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “समाजमा अपरिपक्क कार्यशैलि बढ्दै अधिकारलाई कर्तव्यमुखि नठानिदिनाले हिंसा बढ्दै गएको देखिन्छ ।” गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालले मानव अधिकारको रक्षाका लागि वर्तमान सन्र्दभमा नैतिक शिक्षाको अतिनै जरुरी महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव अधिकार प्रवद्र्धनका लागि इन्सेक ललितपुरले अझ व्यवस्थित र साधनस्रोत बढाउदै थुप्रै काम गर्न जरुरी रहेको छ ।” ललितपुर महानगरपालिका कार्यपालिका सदस्य सङ्गिता अछामीले हरेक वडामा मेलमिलाप केन्द्र भए नभएको अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि नै अधिकार र दायित्व बारे अनविज्ञ रहेको देखिन्छ ।”

 

नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ललितपुरका अध्यक्ष पूर्ण महर्जनले समाजमा सकारात्मक सोचको विस्तार गर्दै जाँदा मानव अधिकारको स्वत रक्षा हुँदै जाने धारणा राख्नुभयो । हेडकोसिन ललितपुरका संयोजक नन्दा ताम्राकारले यौन हिंसाका घटना बढेकाले त्यसको न्युनिकरण र समाधानका लागि कानुनी र व्यवहारिक परिवर्तनको खाँचो औँल्याउनु भयो । कार्यक्रममा पत्रकार कृष्णमुरारी पुडासैनीले मानव अधिकारको दायरा फराकिलो भएकोले इन्सेकले दिने प्राथमिकता बारे जानकारी माग्नु भएको थियो । छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गर्नुभयो ।

दीपकप्रसाद घिमिरे