नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न

कैलाली । २०७७ पुस १८ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि, केन्द्रीय कार्यालयका प्रतिनिधि र प्रदेश कार्यालयका प्रतिनिधिहरुको सहभागितामा पुस १७ गतेदेखि सुरु गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका नौ ओटै जिल्लाबाट नेपाल मानव वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका घटनाहरुको वार्षिक सम्पादन गरिएको हो ।

सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले इन्सेक जिल्ला प्रतिनिधिहरुले वर्ष भरी सङ्कलन गरिएका घटनाहरुको अद्यावधिक सहित वार्षिक सम्पादन भेला सम्पन्न भएको भएपनि सम्पादन भेलामा अपुग रहेका सूचनाहरु यथासक्य चाडो अपडेट गरी पठाउन जिल्ला प्रतिनिधिहरुलाई अनुरोध गर्नु भएको थियो ।

सम्पादन भेलामा कैलाली जिल्लाका २ सय ४ ओटा, कञ्चनपुरका ३५, अछामका ३५, डोटीका ३७, दार्चुलाका ३४, डडेल्धुराका ३३, बाजुराका ५४, बैतडीका ६९ र बझाङका ३४ ओटा घटनाहरु इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि गोबिन्द त्रिपाठी, अनुज केसी र प्रदेश कार्यालयका कृष्णबहादुर विश्वकर्माले सम्पादन गर्नु भएको छ । कार्यक्रममा सुदूरपश्चिम  प्रदेशका आठ ओटा जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मैनामोती चौधरी