नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
कञ्चनपुर । २०७८ असार ३१ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकासन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार ३१ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पुर्नपुष्टि गर्ने उद्देश्यले इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरन्जन भाटले समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । जसमा हत्याका दुई, बलात्कारका पाँच, बलात्कार प्रयासका चार, घरेलु हिंसाका दुई र कुटपिटको एक ओटा घटना रहेका छन् ।
समीक्षा कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्लन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिदै इन्सेक प्रतिनिधिले स्थानीय तहसम्म पुगेर मानव अधिकार उल्लङ्घनका घटना उजागर गर्न आवश्यक रहेको सुझाव दिनु भयो । जिल्ला समन्वय समितिका उपप्रमुख सानु बुडथापा महराले न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज र छिटोछरितो रुपमा न्याय पाउन सक्ने बताउँदै यसले समग्र मानव अधिकारको संरक्षणमा पनि सहयोग पुग्ने बताउनु भयो । मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुर की सदस्य भुवन कुवँरले बालिका तथा महिलामाथि बलात्कार तथा घरेलु हिंसाका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनिकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताउनु भयो ।
कोमलनिरन्जन भाट