नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
ललितपुर । २०७८ असार ३१ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक ललिपुरले सन् २०२१ जनवरीदेखि जुनसम्मको जिल्लामा सङ्कलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न गरेको छ । कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले महिलामाथि हुने हिंसा तथा बलात्कारका घटनाको न्यूनिकरणका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले फौजदारी अपराध संहिता २०७४ ले घटना दर्ता गर्न प्रहरीका तल्लो तहका कार्यालयले नमानेमा माथिल्लो निकाय, जिल्ला प्रशासन कार्यालय वा आयोगहरूमा जान पाउने व्यवस्था गरेको बताउनु भयो । यसलाई मध्यजनर गरी अघि बढ्न र व्यक्तिगत विवरणलाई स्थानीय तहले व्यवस्थित गर्नुपर्ने खाँचो समेत रहेको एसपी महर्जनले आँल्याउनु भयो । ललितपुर जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेयले ललितपुर जिल्ला अदालतमा बलात्कारको मुद्दाको सङ्ख्या बढेको जानकारी दिनुभयो । उहाँले २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म ललितपुर जिल्ला अदालतमा बलात्कारका १ सय ६७ वटा मुद्दा परेका बताउनु भयो । गत आर्थिक वर्ष २०७६/७७ मा बलात्कारका ६६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५० ओटा मुद्दाको फैसला भएको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म बलात्कारका ६९ वटा मुद्दा दर्ता भएका छन् । यसमा २० ओटा मुद्दाको फैसला भएको छ भने ३९ ओटा मुद्दा विचाराधीन छन् । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहन्यायाधीवक्ता संगीता थोकरले समाजमा असभ्यता बढ्दै गएको उल्लेख गर्दै सुरक्षित समाज निर्माणमा नागरिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले कुनै पनि घटनाको अनुसन्धान प्रहरीले गर्ने र सरकारी वकिलको कार्यालयले सहजीकरण गर्ने जानकारी दिनुभयो । पछिल्लो समय नक्कली पीडित बनेर उजुरी दिइ व्यक्तिको चरित्रमाथि प्रश्न चिन्ह खडा गर्ने काम बढेको भन्दै यसका लागि कानुनी पक्ष र व्यक्तिगत स्वतन्त्रता बारे सचेतना जगाउनु पर्ने खाँचो औँल्याउनु भयो । कार्यक्रममा नेकपा एमाले नेता रमेशचन्द्र घिमिरेले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको समीक्षा कार्यक्रममा जिल्लामा रहेका जनप्रतिनिधि र स्थानीय सरकारका कर्मचारीसँग पनि सहकार्य गर्नु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले घटनाका पीडितहरू अझै पनि न्यायका लागि सम्बन्धित निकायमा पुग्न नसकेको हुन सक्ने उल्लेख गर्दै सचेतना र जागरणका लागि इन्सेकलगायत नागरिक संस्थाको भूमिका हुनु पर्ने सुझाव दिनुभयो । नेपाली काङ्ग्रे्रेसका नेता रविन्स शर्माले समाजमूखि कानुन र व्यवहारीक पक्ष नमिलेको उल्लेख गर्दै कुष्ठाले नै हिंसा बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘समाजमा अधिकारलाई कर्तव्यमुखि नठानिदिनाले हिंसा बढ्दै गएका नागरिकको कर्तव्य र दायित्व बारे सचेतना जगाउनु पर्ने देखिन्छ ।’’
गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टीकाराम दाहालले मानव अधिकारको रक्षाका लागि वर्तमान सन्र्दभमा नैतिक शिक्षाको खाँचो औँल्याउदै मानव अधिकार प्रवर्द्धनका लागि इन्सेक ललितपुरले अझ व्यवस्थित र साधनस्रोत बढाउँदै काम गर्नु पर्ने सुझाव दिनुभयो । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ललितपुरका अध्यक्ष पूर्ण महर्जनले समाजमा सकारात्मक सोचको विस्तार गर्दै जाँदा मानव अधिकारको स्वत रक्षा हुँदै जाने बताउनु भयो । हेडकोसिन ललितपुरका संयोजक नन्दा ताम्राकारले यौन हिंसाका घटना बढेकाले त्यसको न्युनिकरण र समाधानका लागि कानुनी र व्यवहारिक परिवर्तनसँगै मनोपरामर्श सेवाको अभावमा आत्म हत्याका घटेको बताउनु भयो । छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गर्नुभयो । इन्सेकले जिल्लामा यस ६ महिनाको अवधिमा ३२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेकोमा बलात्कारका १९ ओटा घटनामा १६ जना बालिका बलात्कारका घटनाबाट पीडित भएका छन् । साथै बलात्कारका घटनामा बुवा, दाजु, शिक्षकको समेत संलग्नता रहेको प्रहरीमा परेको उजुरीमा उल्लेख गरिएको छ । यो ६ महिनाको अवधिमा अन्यबाट एक पुरुषको कुटपिटबाट हत्या, बालयौन दुव्र्यवहार र बलात्कार प्रयासका पाँच ओटा, एकजना पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको इन्सेकले अभिलेख गरेको छ । यसैगरी, बहुविवाहका पाँच ओटा, तत्कालीन प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ता गिरप्mतार गरिएको एउटा घटनाको अभिलेख गरिएको छ ।
दीपकप्रसाद घिमिरे