








प्यूठान । २०७८ मङ्सिर २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा मङ्सिर २८ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले सन् २०२१ को जनवरीदेखि हालसम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउँदै इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनलगायका काम प्रभावकारी भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले नागरिकको अधिकारप्रति प्रहरी प्रशासन सम्वेदनशील रहेको बताउनु भयो । कार्यक्रममा बलात्कारका सात वटा, यौन दुर्व्यवहारका दुई वटा, हत्या दुई वटा र घाइते १२ जना, घरेलु हिंसामा १३ वटा गरी ३६ जना पीडित भएकाे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
रविन्द्र पाण्डे