नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

डडेल्धुरा । २०७८ पुस ८ गते

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ८ गते अमरगढीमा सम्पन्न गरिएको छ । अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले महिला हिंसा न्युनिकरणका लागि विकट गाउँहरुमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । मानव अधिकार वर्ष पुस्तकले अधिकारसँग सम्बन्धीत घटनाहरु सङ्कलन मात्रै नगरी यसको दिर्घकालिन सामाधानका लागि आवश्यक योजनाहरु बनाई अधिकारबाट वञ्चित नागरिकहरुलाई अधिकारका बारेमा जानकारी दिन आवश्यक रहेको प्रमुख ओझाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना कम गर्न इन्सेकको अभिलेखिकरणले सघाउने बताउँदै मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याउनका लागि सचेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड दिनु भयो ।

अधिकार उल्लङ्घनन तथा ज्यादतीका घटना अभिलेख गर्नुका साथै जिल्लाका सबै स्थानीय तहसम्म पुगेर समाजिक, सांस्कृतिक तथा खाद्य अधिकारका विषयलाई पनि वर्ष पुस्तकमा समेट्न प्रमुख जिल्ला अधिकारीले सुझाव दिनु भयो । अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले इन्सेकले जिल्लामा विभिन्न घटनाका पीडितहरुलाई न्यायिक प्रक्रियामा ल्याउनका लागि सहयोग तथा सहजिकरण गरिरहेको बताउनु भयो । समाजमा हुने गरेका घटनाहरूको रोकथाम र नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँदै उपप्रमुख भण्डारीले अधिकारका घटनाहरुमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । अनुसार सन २०२१ को जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४८ ओटा घटना इन्सेकले अभिलेख गरेको छ । जसमध्ये बाल अधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास र यौन दुब्र्यवहारका चार, कर्तव्य ज्यान हत्याका एक र महिला अधिकार हनन्का ४३ ओटा घटना रहेका छन् ।

भूपेन्द्र बिष्ट