न्यायिक समिति र मध्यस्थकर्तालाई तालिम

सुर्खेत । २०७७ असोज १३ गते

 

इन्सेक कर्णाली प्रदेश कार्यालय र वीरेन्द्रनगर नपाको आयोजनामा न्यायिक समितिका सदस्य र मध्यस्थकर्ताहरूलाई तालिम दिइएको छ । न्याय सम्पादनमा मध्यस्थकर्ताको भूमिका विषयक एकदिने तालिम असोज १३ गते भर्चुअलको माध्यमबाट वीरेन्द्रनगरमा सम्पन्न भयो ।

तालिममा वीरेन्द्रनगर नपाका उप प्रमुख एवम न्यायिक समितिका संयोजक मोहनमाया ढकालले न्याय सम्पादनमा भएका प्रयास र चुनौति, कर्णाली प्रदेश सरकाका मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धरले न्याय सम्पादनमा न्यायिक समिति र मध्यस्थकर्ताहरूको भुमिका एवम अधिकारको बारेमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा अधिवक्ता एवम इन्सेकद्वारा गठित हिंसा निगरानी समूहका अध्यक्ष गीता कोइरालाले हिंसा न्यूनीकरण गर्न निगरानी समूहले हालसम्म गरेका उल्लेखनीय कार्यहरुको बारेमा जानकारी दिदै न्यायिक समिति र मध्यस्थकर्ताहरूले न्याय सम्पादनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहजीकरणगर्नु भएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले इन्सेकले वीरेन्द्रनगर नपाको मानवअधिकार सुदृढीकरणका लागि न्यायिक समिति र मध्यस्थकर्ताहरूको क्षमता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

तालिममा वीरेन्द्रनगर नपाका न्यायिक समितिका सदस्य, मध्यस्थकर्ता, नागरिक संस्थाका प्रतिनिधी र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा