परियोजनाको परिचय तथा मानव अधिकार समुह गठन सम्पन्न

कैलाली । २०७९ भदौ ३१ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा भदौ ३० गते कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकामा परियोजना परिचयात्मक तथा मानव अधिकार समुह गठन गरिएको छ । इन्सेकले कञ्चनपुर जिल्लामा सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत परियोजना परिचयात्मक तथा मानव अधिकार समुह गठन गरिएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले परियोजना अन्तर्गत बेलौरी नगरपालिकामा आयोजना गरिने गतिविधिका बारेमा जानकारी गराउँदै मानव अधिकारको मुलभूत सिद्धन्तका बारेमा जानकारी गराउनु भएको थियो  । कार्यक्रमका प्रमुख अथिति तथा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराज चौधरीले इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि आफ्नो नगरपालिकालाई छनौट गरेकोमा धन्यबाद ज्ञापन गर्दै कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुसिला लेखकले मानव अधिकार समुह मार्फत सञ्चालन गरिने कार्यक्रमहरु वडास्तरमा समेत आवश्यक रहेकोले वडास्तरमा मानव अधिकार समुह गठन गरेर कार्यक्रम आयोजना गर्न इन्सेकलाई आग्रह गर्नु भयो । सामाजिक अभियान्ता गोबिन्द सापकोटाको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार समुह गठन गरिएको थियो । समुहको उपसंयोजकमा पदम शाह, सचिवमा कमला चौधरी, सहसचिवमा लक्ष्मी साउद, सदस्यहरुमा बिजया लक्ष्मी श्रेष्ठ, सिता बोहरा, चित्रकला चापागाई, पुरन राना, बिष्णुमाया आर्याल, गिता चौधरी, लक्ष्मी तिरुवा, राजुबहादुर कुँवर र टेकराज राना रहनु भएको छ । मानव अधिकार समुहका नवनिर्वाचित संयोजक सापकोटाले बेलौरी क्षेत्रमा मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि आफूहरु सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

    

यसैगरी इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कैलाली जिल्लामा सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमको परिचयात्मक तथा मानव अधिकार समुहको गठन कार्य घोडाघोडी नगरपालिकामा भदौ २९ गते सम्पन्न भएको छ ।  घोडाघोडी नगरपालिकामा परियोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न र पालिकालाई मानव अधिकारमैत्री बनाउन सावीत्रा आर्चायको अध्यक्षतामा ११ सदस्यीय मानव अधिकार समुह गठन गरिएको छ भने इन्सेकले सञ्चालन गर्ने कार्यक्रमका गतिविधिहरुका बारेमा पनि छलफल भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सामाजिक न्याय स्थापित गर्न इन्सेकले  प्रकासन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा न्यापालिका, कार्यपालिका र व्यवस्थापिकाले मानव अधिकारका क्षेत्रमा वर्ष भरी गरेका र गर्न नसकेका कार्यहरुको विश्लेषण गरिदै आएको बताउँदै यसले पनि राज्यका निकायलाई पारदर्शी र जवाफदेही बनाउन  मदत पुग्ने बताउनु भयो । घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले घोडाघोडी नगरपालिका मानव अधिकारको दृष्टिकोणले जोखिममा रहेकाले इन्सेकले मानव अधिकार समुह गठन गरी मानव अधिकारको सुरक्षाका लागि कार्यक्रम सञ्चालन गेरेको हुनाले नागरपालिका तथा व्यक्तिगत तर्फबाट पनि मानव अधिकार समुहलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलियाकुमारी चौधरीले इन्सेकले कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

मैनामोती चौधरी