प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

कैलाली । २०७९ फागुन १२ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक फागुन ११ गते धनगढीमा सम्पन्न भएको छ ।बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बिपद न्यूनिकरणका लागि पूर्वतयारी बिना सञ्चालन गरिने क्रियाकलापहरुले गर्दा समस्या भइरहेको र जलबायू परिवर्तनले गर्दा मानव स्वास्थ्यमा असर परिरहेकोले जलवायूपरिवर्तनका असरका सन्दर्भमा जनचेतना जगाउन आवस्यक रहेको बताउनु भयो ।उहाँले मानव अधिकार समुहले स्थानीय स्तरमा कार्यक्रमहरु सञ्चालन गर्दा पहिचान गरेका समस्या तथा सवालहरुलाई समाधान गर्नका लागि स्थानीय तहका प्रमुखहरुको ध्यान आकर्षण गराउनु आवस्यक रहेकोले  मानव अधिकार समुहहरुलाई विधिवत रुपमा दर्ता गराउन आग्रह गर्दै कुनै प्राविधीक सहयोग गर्नु पर्ने भए इन्सेक सहयोग गर्न तयार रहेको बताउनु भयो ।सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समुहका संयोजक साबित्रा आचार्यले पीडित सहयोग कोष परिचालन गर्दा आवस्यक मापदण्ड पुगेका तथा सहयोग गर्नै पर्ने पीडीतहरुलाई सहयोग गर्न सुक्ष्म रुपले अध्ययन गर्नु पर्ने बताउनु भयो ।

  

गैरसरकारी संस्था माहासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष देबिप्रसाद खनालले स्थानीय स्तरमा जुनसुकै समुह तथा सञ्जालको तर्फबाट गरिएको सकरात्मक कामको महासंघले सधै समर्थन गर्ने बताउँदै यस्ता कामहरुको उद्देश्य समाज रुपान्तरण रहेकोले समन्वय र सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नु भयो ।सुदुरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समुहका सह–संयोजक गोबिन्दप्रसाद सापकोटाले सरकारले बैज्ञानीक बन व्यावस्थापन कार्यक्रम अन्तर्गत सामुदायीक बनहरुले गर्ने गतिविधीहरुमा रोक लगाएर अन्याय गरेको बताउँदै बृक्षारोपण कार्यक्रमलाई व्यापकता दिनु पर्ने बताउनु भयो ।सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समुहका सदस्य रुपेश खरेलले कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रबाट खुल्ला सिमानाका कारण ठुलो सङ्ख्यामा महिला तथा बालिकाहरु जोखममा पर्दै आएकाले यस समस्यालाई समाधान गर्न सरोकारवालाको ध्यान जानु पर्ने बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी