प्रदेश स्तरीय बाल अधिकार समूह गठन
बाँके । ०७९ पुस ३० गते
इन्सेको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा प्रदेश स्तरीय बाल अधिकार समूह गठन पुस २९ गते सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुका आठ वटा विद्यालयमा गठित बाल अधिकार समूहका पदाधिकारीहरूको सहभागीतामा गठन गरिएको साथै उक्त समुह मार्फत प्रदेश स्तरमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक र जातीय विभेदहरूको सवालमा वकालत गर्ने इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरसस्ती मल्लले बताउनु भयो । लुम्बिनी प्रदेशका संयोजक भोला महतले गठित बाल अधिकार समूहले बालबालिकाहरू को अधिकार स्थापित गर्न, बालबालिकाहरुका अवाजहरु बाहिर ल्याउन मद्दत पुग्ने बताउनु भयो । राजकुमार धोवी संयोजक रहेको समूहमा रोहित प्रजापति सचिव, पिंकी कुर्मी कोषध्यक्ष र सदस्यमा राम नरेश, रिना कहार ,आशाराम यादव,सुहेल खान र निर्मला खड्का सदस्य रहेका छन् ।
लक्ष्मी थारू