प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँग बैठक सुरू

बाँके । २०७९ असार ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कायक्रम असार ३ गते देखि नेपालगञ्जमा सुरू भएको छ ।  कार्यक्रममा इन्सेकद्वारा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबिच जिल्लाको मानव अधिकारको समग्र अवस्थाका विषयमा समीक्षा गरिएको थियो । इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमको अन्तिम चरणमा भएको बताउँदै कार्यक्रमको प्रभावकारीता, अवसर र चुनौतीका विषयमा समीक्षा गर्न सबै सहजकर्ता र जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । मनव अधिकार प्रलेख तथा पैरवी विभागका प्रमुख श्रीराम बजगाईले पीडितलाई न्यायको पहुँचमा पुर्‍याउनका लागि जिल्ला प्रतिनिधिहरूले खेलेको भूमिकालाई अभिलेखमा जोड दिनु पर्ने बताउनु भयो ।

मानव अधिकार शिक्षा प्रमुख मदन पौडेलले स्थानीय नागरीकको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारका सवालमा माग दावी गरेका घटनाहरूमा कति सुनवाई भए, अपेक्षा अनरूप नतिजा आयो आएन हाम्रो पैरवीको सफताका विषयमा छलफल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा व्यवस्थापन प्रमुख सुवेच्छा खडकाले प्रभावकारी र सरल रूपमा अगाडि बढाउनका लागि तीन वर्षमा भएका  उपलब्धी, सिकाईहरू कसरी एकत्रित गर्न सकिन्छ सो विषयमा कार्यकमको समीक्षा गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले यस अविधमा सिकाइ भएका र मागदावी गरेका कुराहरुलाई आगामी दिनमा कुन तरिकामा जाने भन्ने विषयमा जिल्ला प्रतिनिधि र सहजकर्ताहरुले सुझाव आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इन्सेक प्रदेश कार्यलयका कार्यक्रम अधिकृत सरस्वती मल्ल, प्रलेख अधिकृत विनाेद पाण्डे, टेकनाथ आचार्यले सहजिकरण गरेका थिए ।

रीमा बिसी