प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

धनुषा । २०७८ पुस १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम पुस १६ गते सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले छलफल कार्यक्रममा प्रदेश २ मा मानव अधिकार उल्लङ्घनका घटना गत वर्षको तुलनामा बढेको बताउनु भयो । प्रदेश २ मा सन् २०२१ को अवधिमा राज्यपक्षबाट ६३ ओटा घटना सहित ७ सय ५२ ओटा मानव अधिकार उल्लङ्घन घटना भएको तथ्याङ्क प्रस्तुत गर्नु भयो ।

प्रदेश २ मा २ सय ६१ ओटा बलात्कारका घटना सङ्कलन गरिएकामा १ सय ५१ ओटा घटनामा बालबालिका पीडित भएको कार्यक्रममा संयोजक पासवानले बताउनु भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काननले प्रतिबन्ध गरेको बाहेकको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट पाउने सुविधाहरू निर्वाध रुपमा प्रदान गर्दै आएको बताउनु भयो । सहभागीहरूले कार्यालयहरूले सूचना नदिई लुकाएको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी बास्तोलाले प्रत्येक कार्यालयमा सूचना अधिकारी राखिएको र सूचना अधिकारीसँ प्रत्येक तीन महिनाम बैठक हुने गरेको बताउनु भयो ।

 

दिपेन्द्रप्रसाद सिंह