बलात्कार पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

दाङ । २०८१ भदौ ११ गते

बलात्कार घटनाका पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले न्यायिक प्रक्रियामा सहजीकरण गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ । इन्सेक जिल्ला प्रतिनिधि र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) की फोकल पर्सन सुष्मिता पोख्रेलको संयुक्त रूपमा पीडित महिलालाई १० हजार रुपियाँ उपलब्ध गराउनु भएको हो । न्यायमा पहुँच विस्तारका लागि सहयोग उपलब्ध गराइएको हो । ६६ वर्षीय महिलालाई ०८१ जेठ ९ गते कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ का ३४ वर्षीय शिवकुमार कुर्मीले बलात्कार गरी घाइते बनाएका थिए । आरोपितलाई प्रहरीले जेठ १० गते गिरफ्तार गर्‍यो । प्रहरीले आरोपितिवरुद्ध ०८१ जेठ ३२ गते सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जबर्जजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको असार २ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।

जयनारायण पुन