बालबालिकाहरूको पढ्न पाउने अधिकार सुनिश्चित गर्न संवेदनशील हुनुपर्नेमा जोड

रुपन्देही । २०७७ असोज १६ गते

 

बालबालिकाहरूको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्नका लागि तीन वटै तहका सरकार संवेदनशील हुनुपर्नेमा सहभागिहरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजना तथा मानव अधिकार निगरानी समुह बुटवलको सहकार्यमा असोज १५ गते बुटवलमा आयोजित शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बुटवल उपमनपाका प्रवक्ता रामप्रसाद रेग्मीले कोभिड सङ्क्रमणको आवस्थामा पनि  विद्यार्थीहरूको पठन पाठनका लागि स्थानीय तहले शिक्षा नीतिलाई अगाडि बढाउने काम गरिरहेको बताउनु भयो । उहाँले सबै विद्यार्थीहरूले पढन पाउने अधिकारको सुनिश्चितता गर्नका लागि नगरपालिकाले प्रयास गरिरहेको बताउनु भयो ।

बुटवल उपमनपा– ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले शैक्षिक सत्र खेर नजाने गरी विद्यार्थीहरूको शिक्षण सिकाई अभ्यास गराउनका लागि सबै विद्यालयहरूसँग छलफल तथा परामर्श भइरहेको बताउनु भयो । विद्यार्थीहरूको पढन पाउने अधिकारको सुनिश्तिता गर्नका लागि आफुहरू संवेदनशिल भएको बताउनु भयो ।

एम्स कलेजका प्राध्यानाध्यापक दिपक ढकालले कोरोना संक्रमणको प्रभाव शैक्षिक क्षेत्रमा मात्र नभएर आर्थिक,प्रशासनिक सबै क्षेत्रमा भएकोले यसको प्रभावका विषयमा विश्लेषण गरेर कार्यजोजना बनाएर अगाडि बढनु पर्ने बताउनु भयो ।

नवलपुर माविका प्रअ तथा शिक्षा नगर समितीका सदस्य धनिश्वर गौतमले नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्नका लागि नगर स्तरीय शिक्षा समिति गठन भइसकेको बताउँदै विद्यालय सञ्चालनका लागि तयारी भइरहेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा  काम गर्ने सबैले अधिकारका कुरा मात्र नगरी कर्तव्यको पालना  गर्ने गरी कार्ययोजना बनाएर शिक्षाको अधिकारको प्रत्याभूत गर्न सकिने बताउनु भयो ।

नविन औद्योगिक कदर बहादुर रीता उच्च माविका प्रध्यानाध्यापक प्रेमबहादुर बस्नेतले आफुहरुले नेपाल सरकारले निर्माण गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम शिक्षण सिकाइको  वैकल्पिक उपाय अपनाएको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितीका सदस्य  कृष्ण खरेलले कोरोनाका कारण सबै क्षेत्र असुरक्षित भइहेकोले यसको सामाना गर्नका लागि सामुहिक प्रयासको खाँचो रहेको बताउनु भयो । उहाँले यो समय भनेको सरकारलाई दोष लगाउने मात्र होइन समन्वय र सहकार्य गरेर अघि बढने समय हो यसलाई सबैले ख्याल गर्नुपर्ने बताउनु भयो ।

रीमा बिसी