बालविवाह तथा घरेलु हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न

कालीकोट । २०८० असार ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा बालविवाह तथा घरेलु हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम असार ८ गते जनजिवन माध्यमिक विद्यालय खाँडाचक्र नपा–३ मा सम्पन्न भएको छ । ‘गाउँघरमा हल्ला छ २० वर्ष पछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारासहित आयोजना गरिएको सचेतना कार्यक्रममा बालविवाका कारण,समस्या,घरेलु हिंसा न्यूनिकरणमा जनप्रतिनिधिको भूमिका बारेमा छलफल गरिएको हो ।

कार्यक्रमका सहजकर्ता एवम नेपाल बार एसोसिएसन कालिकोटका अध्यक्ष अमलराज शाहीले घरेलु हिंसा गर्नेलाई कानुनी सजाय,बालविवाह न्युनिकरण सम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नु भएको थियो । यस्तै उहाँले घरेलु हिंसा कसुर सजाय ऐन,बालवालिका माथि हुर्ने दुव्र्यवहार यसको नियन्त्रणका बारेमा बताउनु भएको थियो । कार्यक्रममा मानव अधिकार रक्षक जिल्ला सञ्जालका संयोजक डिल्ली प्रसाद चौलागाँईले बालविवाह समाजको मुख्य समस्या रहेकाले यसका बारेमा बालवालिका आफै सचेत भएर सक्रियताकासाथ लाग्नु पर्ने बताउनु भयो । 

कालीबहादुर मल्ल