बाल अधिकार चेतना समूहका सदस्यहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

बाँके । २०७९ कात्तिक २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा खजुरा गाउँपालिकाका जनकल्याण मावि र नेरा माविमागठित बाल अधिकार चेतना समूह सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम कात्तिक  २६ गते सम्पन्न भएको छ । तालिममा इन्सेकको परिचय,इन्सेक अभियान तथा बाल अधिकार, कानुनी प्रावधान, कानुनी प्रक्रिया र समस्याको समाधान बारे सहजीकरण अधिवक्ता बसन्त गौतमले   गर्नु भएको थियो । भित्रे पत्रिका प्रकाशन तथा बालमैत्री विद्यालय वतावरण  बाल मनोविज्ञानमा पर्ने असर बारे इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सहजीकरण गर्नुभयो  ।

बाल अधिकार प्रवद्र्धनमा स्थानिय निकायको भूमिका विषयक खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले सहजीकरण गर्नुभएको थियो । बाल अधिकार तथा विद्यालयसँग सम्बन्धित समस्या तथा गुनासाहरू पुर्याउन आग्रह पनि गर्नु भयो । विद्यार्थी तथा विद्यालयको समस्या पहिचान र वार्षिक कार्ययोजना निर्माण बाल अधिकार समूहको मासिक भित्रे पत्रिका प्रकाशन, वतावरणसँग सम्बन्धित वक्तित्व कला, शिक्षक विद्यालय व्यवस्थापन समितिबिच अन्तरक्रिया र विद्यालय सरसफाई कार्यक्रम जस्ता चार वटा योजना बनाएको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताउनु भयो ।

लक्ष्मी थारू