बाल अधिकार चेतना समूहको आयोजनामा जातीय विभेद सम्बन्धी सडक नाटक प्रदर्शन

कपिलवस्तु । २०८० वैशाख २८ गते

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको अयोजन तथा वडा नमबर १ को समन्वयमा मायाँदेवी गाउँपालिका– ५ स्थित जनता मावि बलुहवामा जातीय विभेद सम्बन्धी सडक नाटक वैशाख २८ गते प्रदर्शन गरिएको छ । समाजमा समस्याकोरुपमा रहेको छुवाछुत र यसले पार्ने असरका बारेमा नाटकमा चित्रण गरिएको थियो । नाटकमा सीप र श्रम चल्ने तर पानी नचल्ने, दलितले कुदेका मुर्ति तथा भाँडाहरू चल्ने तर दलितले छोएको खाना, पानी नचल्ने लगायतका बिषयहरु समावेश गरिएका थिए । नाटक अवलोकन गर्दै मानव अधिकार समूहकी संयोजक पुष्पा रेग्मीले समाजमा गहिरो रुपमा जरा फैलाएको जातीय विभेदलाई न्यूनिकरण गर्न सचेतना मूलक अभियानहरूले सहयोग पुर्याउने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ५ का वडा सचिव श्यामकुमार कामतले सरकारले गर्ने कार्यलाई इन्सेकले विद्यालयका बालबालिकाहरू मार्फत समाजमा सचेतना फैलाउने कार्य सह्रानिय भएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानले इन्सेकको सहयोग र सहकार्यबाट बालबालिकाहरूलाई थप सिकाई भएको बताउनु भयो । यस्तै, बाल संरक्षक शिक्षक बालकिसुन चौधरीले सामाजिक समस्याको रुपमा रहेको छुवाछुतलाई न्यूनिकरण गर्न समाजरुपान्तरण हुन आवश्यक भएको बताउनु भयो ।

पार्वती आचार्य