बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न

कैलाली । २०८० पुस २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समुहको बैठक पुस २० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त संयोजक कृष्णबहादुर विश्वकर्माले बाल अधिकार चेतना समूहका पदाधिकारीहरु तथा विद्यार्थीहरुले पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप तथा इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार अभियानमा जोडेर समाजमा सकरात्मक परिवर्तन र वातावरण संरक्षणका लागि सचेतना फैलाउन आग्रह गर्नु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम संयोजक राजकुमार चौधरीेले बाल अधिकार चेतना समुहका पदाधिकारीहरुले व्द्यिालयमा रहेका समस्याको पहिचान गरेर आगामी योजना बनाउन सहज हुने बताउनु भयो ।

बाल अधिकार चेतना समूहकी सहसचिव भावना रानाले विद्यालयको छेउछाउको पसलमा चुरोट र सुर्तीजन्य पदार्थको खुला रुपमा बिक्रीवितरण भइरहेको भए पनि शिक्षक अभिभावकहरुले बेवास्ता गरेका कारण विद्यार्थीहरु विदालय पोशाकमै चुरोट खाने गरेकाले बाल अधिकार चेतना समुहले सचेत गराउदै आएको बताउनु भयो । बाल अधिकार चेतना समूहकी सदस्य एलिजा चौधरीले बाल अधिकार चेतना समूह गठन भएदेखि विद्यालयमा पठनपाठनसँगै बालभित्ते पत्रिका प्रकाशन, सडक नाटक, बक्तृत्वकला र निवन्ध प्रतियोगिता सम्पन्न गरिएको बताउनु भयो । बाल अधिकार चेतना समूहका सदस्य अमित चौधरीले बिना कारण विद्यालय बन्द हुँदा समयमा पाठ्यक्रम नसकिदा विदार्थीहरुमा शिक्षण सिकाई नभएको बताउनु भयो । बाल अधिकार चेतना समूहका सदस्य समिप पोखरेलले बाल अधिकार चेतना समुहलाई शिक्षकहरुले थप सहयोग गरेको अवस्थामा समूले सक्रिय भएर गतिविधि सञ्चालन गर्न सहज हुने बताउनु भयो ।

मैनामोती चौधरी