बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन

कञ्चनपुर । २०७९ चैत २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र वाड नम्बर ३ स्थित श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको संयुक्त टोलीले चैत १९ गते जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । लागुपदार्थ दुव्र्यसनले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका बिषयमा बाल अधिकार चेतना समुहले सचेतना फैलाउने उद्धेश्यले चैत १९ गते बेलौरी नगरपालिका–६ स्थित भिमदत्त चोक र बेलौरी नगरपालिका–४ स्थित संविधान  चोकमा सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, मानव अधिकार समुहका सदस्यहरुलगायत सयौँको सङ्ख्यामा स्थानीयहरूको उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरुले लागुऔषध दुव्र्यसनले समाजमा पारिरहेको नकारात्मक असर र रोकथामका लागि सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए ।

मनव अधिकार समुहका कोषाध्यक्ष विजयलक्ष्मी श्रेष्ठले समुदायमा व्याप्त रुपमा फैलिदै गइरहेको लागुपदार्थ दुव्र्यसनीको विकृतीलाई अन्त्य गर्न हामी समुदायका सबै व्यक्तिहरु सचेत हुनु पर्ने नाटक मार्फत बालबालिकाहरुले प्रस्तुत गरेको बताउनु भयो । समाजमा दिनदिनै बढिरहेको कुरीती र कुसंस्कारको अन्त्य गर्न हामी सबैले हातेमालो गर्दै अगाडी बढनु पर्ने नाटक मार्फत सन्देश दिन खोजिएको मानव अधिकार समुहका अध्यक्ष गोविन्दराज सापकोटाले बताउनु भयो । उहाँले सडक नाटक सन्देशमूलक रहेको बताउँदै यस प्रकारका सडक नाटक प्रस्तुत गर्दा बिषयबस्तुको कानुनी ज्ञान पनि हुनु पर्ने बताउनु भयो । सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, बालबालिकाहरु, वडाध्यक्ष, स्थानीय व्यापारी, मदिरा सेवन गरिरहेका मानिस र प्रहरीले लागु औषध दुव्र्यसन न्यूनिकरणमा खेल्न सकिने भुमिका झल्कीने कथा प्रस्तुत गरिएको थियो ।

लिली कुँवर