बाल अधिकार चेतना समूहद्वारा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

कैलाली । २०८० असार ११ गते

घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्ति राज्यलक्ष्मी माध्यामिक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको आयोजनामा असार १० गते बाल विवाह न्युनीकरणमा सारोकारवालाको भुमिका विषयक सडक नाटक असार १० गते घोडाघोडी नगरपालिकाको पहलमानपुर बजारमा प्रदर्शन गरिएको छ । बाल अधिकार चेतना समूहले प्रदर्शन गरेको सडक नाटकमा शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समूहका सदस्यलगायत स्थानीयको सहभागिता रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बाल विवाहबाट व्यक्ति, परिवार, समाजमा पारिरहेको नकारात्मक  असर, बालविवाह रोकथामका लागि समुदायको भुमिका बारे जनचेतना फैलाउने प्रयास गरिएको थियो ।

कान्ति राज्यलक्ष्मी माध्यामिक विद्यालयका प्राध्यापक उमाकान्त मिश्रले समाजमा बालविवाह प्रयाप्त भइरहेकाले यसको नकारात्मक असर बारे कसैले ध्यान नदिदा बिभिन्न हिंसाका घटनाहरु भइरहेकोले यस प्रकारका कार्यक्रमले सचेतना अभिबृद्धि गर्न मदत पुगेको बताउनु भयो । बाल अधिकार चेतना समूहकी अध्यक्ष एन्जिला सापकोटाले सडक नाटक मार्फत बालविवाह न्युनीकरणका लागि सचेतना फैलाउन र आफू भित्रको प्रतिभा प्रस्फुटन भएकाले क्षमतामा विकास भएको बताउनु भयो । बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक प्रमोद कठरीयाले सडक नाटक प्रदर्शनले समाजमा सकारात्मक संदेश प्रवाह भएको र बालबालिकहरुको क्षमतामा अभिबृद्धि भएको बताउनु भयो ।

मैनामोती चौधरी