बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
धनगढी खबर । २०८० मङ्सिर २० गते
धनगढी । कञ्चनपुरमा बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा लालझाडी गाउँपालिका–१ नैरंगा स्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा गठित चेतना समूहले नाटक प्रदर्शन गरेका हुन् । समाजमा व्याप्त बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सडक नाटक तयार पारेर लालझाडी गाउँपालिका १ नं. वडा कार्यालयको प्राङ्गणमा लालझाडी गाउँपालिकाको कार्यालय, इन्सेक, मानवअधिकार समूह, निड्स नेपाल लगायतका संघ संस्थाहरूको संयुक्त आयोजनामा आयोजित लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदर्शन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो ।
सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी, अभिभावक, मानवअधिकार समूहका सदस्यहरू लगायत सयौँको सङ्ख्यामा स्थानीयहरूको उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरूले बालबालिकाहरूको सानै उमेरमा बिबाहगर्दा सामाजिक, आर्थिक, शारीरिक तथा व्यक्तित्व विकासमा आउन सक्ने बाधा तथा समस्याहरूको बारेमा जनचेतना जगाउने प्रयास गरेका थिए । यस्ता खाले नाटकले जनचेतना जागृत गर्ने भएकोले बालबालिकाहरूलाई अझै विषय बस्तुमा निखारिएर समुदायमा जनचेतना फैलाउन विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले आग्रह गरे ।
लालझाडी गाउँपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाकी प्रमुख मानमती भट्टले बालबालिकाहरूले प्रस्तुत गरेको जनचेतनामूलक सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउँदै प्रहरीको भूमिकामा भएका बालबालिकाहरूलाई कानुनी सचेतना गराउनु आवश्यक रहेको बिचार राखे । १५ जना पात्रहरू रहेको सडक नाटकमा बाल क्लबका सदस्यहरू, दुलहा, दुलही, बालविवाह गराउने पण्डित, बालबालिकाका अधिकाबक, शिक्षक, साथीहरू, प्रहरी लगायतको बालविवाह न्यूनीकरणमा हुनसक्ने भूमिका झल्कीनेखालको कथा प्रस्तुत गरिएको थियो ।
त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० द्वारा लालझाडी गाउँपालिका–२ कञ्ज स्थित श्री भानु माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूह र लालझाडी गाउँपालिका–१ नैरंगा स्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको सडक नाटक टोलीले हाल चली रहेको लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर समाजमा व्याप्त बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सडक नाटक तयार पारेर लालझाडी गाउँपालिका २ नं। वडा कार्यालयको प्राङ्गणमा सोमबार लालझाडी गाउँपालिकाको कार्यालय, इन्सेक, मानवअधिकार समूह, निड्स नेपाल लगायतका संघ संस्थाहरूको संयुक्त आयोजनामा आयोजित लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदर्शन गरेको छ ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी, अभिभावक, मानवअधिकार समूहका सदस्यहरू लगायत सयौँको सङ्ख्यामा स्थानीयहरूको उपस्थिति रहेको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बालबालिकाहरूले बालबालिकाहरूको सानै उमेरमा बिबाहगर्दा सामाजिक, आर्थिक, शारीरिक तथा व्यक्तित्व विकासमा आउन सक्ने बाधा तथा समस्याहरूको बारेमा जनचेतना जगाउने प्रयास गरेका थिए । यस्ता खाले नाटकले जनचेतना जागृत गर्ने भएकोले बालबालिकाहरूलाई अझै विषय बस्तुमा निखारिएर समुदायमा जनचेतना फैलाउन लालझडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले बताइन । मानवअधिकार समूहका संयोजक सोमनाथ रानाले बालबालिकाहरूले प्रस्तुत गरेको जनचेतनामूलक सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउँदै प्रहरीको भूमिकामा भएका बालबालिकाहरूलाई कानुनी सचेतना गराउनु आवश्यक रहेको बताइन् ।
Source: https://dhangadhikhabar.com/news/66773
Source: https://pahura.com/2023/12/33326/
Source: https://ekhabarraftar.com/