बाल अधिकार चेतना समूहद्वारा विद्यालयमा हेल्प डेस्क स्थापना
रौतहट । २०७८ मङ्सिर २ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको सहयोगमा गरुडा नगरपालिका–९ स्थित श्री मावि नयाँ गम्हरिया श्रीपुरको बाल अधिकार चेतना समूहले कात्तिक ३० गते बालबालिका सहायता कक्ष स्गरेको छ । विद्यालयमा बालबालिकाका समस्या, हिंसा, स्वास्थ्यसँग सम्बन्धित सरोकारमा सम्बोधन गर्ने उद्देश्यले उक्त हेल्प डेस्क स्थापना गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताउनु भयो ।
सो कार्यका लागि संयोजक पासवानले १० हजार रुपियाँ बाल अधिकार चेतना समूहका अध्यक्ष आरती साह र प्रध्यानाध्यापक रामआधार पासवानलाई हस्तान्तरण गर्नु भएको छ ।
मानव अधिकार निगरानी समूह गरुडाका अध्यक्ष बिसुनदयाल राय यादवले हेल्प डेस्कका लागि गरुडा नगरपालिकासँग अनुरोध गरेर २० हजार रुपियाँ उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष आरतीकुमारी साहले हेल्प डेस्कले स्थापना र कोष हस्तान्तरण कार्यक्रमले हौसला मिलेको बताउँदै हेल्प डेस्कलाई व्यवस्थित बनाई विद्यार्थीहरूको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कोपिला तिमल्सिना