बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
धनुषा । २०८० असोज १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा ०८० असोज १२ गते जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा २९ सदस्यीय बाल अधिकार सचेतना समूह गठन भएको छ । कार्यक्रममा बालअधिकार सचेतना समूहले मासिक बैठक बस्ने, सडक नाटक गर्ने, वातावरण संरक्षण सम्बन्धी कार्यक्रमको आयोजना गर्ने, पदाधिकारीलाई क्षमता अभिवृद्धि कार्यक्रम, हाजिरीजवाफ तथा क्षमता अभिवृद्धि कार्यक्रम, विद्यालयमा छात्राहरूको लागि सेनेटरी प्याडको व्यवस्था गर्ने निर्णय गरेको छ ।
बालअधिकार सचेत समूहको पुनर्गठन बैठकबाट चयन भएका पदाधिकारीमा अध्यक्ष ललितकुमार महतो, वरिष्ठ उपाध्यक्ष नेहा कुमारी महतो, उपाध्यक्ष रिना साह, सचिव धर्मेन्द्र कुमार महतो, सहसचिव कञ्चन कुमारी महतो, कोषाध्यक्ष रूपनारायण महतो, कार्यक्रम व्यवस्थापन उज्ज्वल कुमार महतो, सल्लाहकार राजकुमार यादव, संरक्षक शिक्षक विश्वनाथ महतो रहनुभएको छ । कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागीता जनाउने र व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा इन्सेक मधेस प्रदेश कार्यालयको सहायक अधिकृत बरुण बस्याल, बालअधिकार सचेतना समूहको प्रदेश सचिव दिवेश महतो, धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको सहभागिता थियो ।
सन्तोष कुमार यादब