बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन

धनुषा । २०८० असोज १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) मधेस प्रदेश कार्यालयद्वारा ०८० असोज १२ गते श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष आनन्द महतोको अध्यक्षतामा ३९ सदस्यीय बाल अधिकार सचेतना समूह गठन भएको छ । बालअधिकार सचेतना समूहको पुनर्गठन बैठकबाट अध्यक्षमा आनन्द महतो, उपाध्यक्ष सीता सिंह राजपुत, वरिष्ठ उपाधक्ष्य निर्शी शर्मा, सचिव लक्ष्मीप्रसाद यादव, सहसचिव लक्ष्मी ठाकुर, महासचिव सन्देस कुमार साह, कोषाध्यक्ष संगीता महतो, संरक्षक शिक्षक निर कुमार शर्मा चयन हुनुभएको थियो । उक्त कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बाल अधिकार सचेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूमा सहभागिता जनाउने र व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने बताउनुभयो ।

  

संरक्षक शिक्षक निर कुमार शर्माले “बालबालिकाहरू आफ्नै पहलमा वार्षिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन निर्माण मात्र नगरि, विद्यालयका अन्य गतिविधिमा समेत सकारात्मक सोचका साथ लागि पर्ने” बताउनु भयो । बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागीता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकरात्मक सहयोग गर्ने तथा विद्यालय प्रशासनलाई सचेत पार्नुको साथै बालमैत्री विद्यालय निर्माणमा सहयोगी भूमिका खेल्ने इन्सेक मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले बताउनु भयो । बालअधिकार सचेतना समूहको प्रदेश सचिव दिवेश महतो, धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको सहभागिता थियो ।

सन्तोष कुमार यादब