बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
बाँके । २०८० मङ्सिर १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ । बालबालिकाहरूले घरेलु हिंसा, श्रम शोषण र लैंगिक हिंसाले आर्थिक, समाजिक अवस्थामा निम्त्याउने परिणामका बारेमा सडक नाटक मार्फत प्रदर्शन गरेका थिए । श्री नेरामावि, भाटनपुर्वाका प्राधानाध्यापक अयोध्याप्रसाद यादवले विद्यालयमा मधेशी समुदायका विद्यार्थी रहेको र समूदायमा शिक्षाको कमीले हिंसाका घटना घट्ने गरेको बताउदै लैंगिक हिंसा विरूद्धको १६ अभियानको अवसरमा बाल अधिकार सचेतना समूहले विद्यालयको सहकार्यमा सचेतना दिने प्रयास गरेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजकुमार धोवीले विद्यालयमा अतिरिक्त क्रियाकलापमा सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिँदै सडक नाटकबाट बालबालिकाले लैगिक हिंसा विरूद्धको सडक नाटकबाट सचेतना मूलक सन्देश दिएको बताउनु भयो । इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले उक्त विद्यालयमा विगत दुई वर्षदेखि इन्सेकले कार्यक्रम सञ्चालन गरीरहेको बताउनु भयो । बाल अधिकार सचेतना समूह सङ्रक्षक शिक्षक शिला श्रेष्ठले बाल बालिकाको नेतृत्व विकास ,क्षमता अभिवृद्धिसँगै समूदायमा महिला माथि हुने घरेलु हिंसा ,श्रम शोषण र लैंगिक हिंसामा सचेनता जगाउन सडक नाटकको आयोजना गरेको बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश, कार्यालय नेपालगञ्ज
HUMAN RIGHTS NEWS PORTAL






