बाल अधिकार समुहद्वारा सडक नाटक प्रदर्शन
बाँके । २०७९ चैत १ गते
इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको अयोजनामा जानकी गाउँपालिका –६ भाटनपुर्वास्थित नेपाल राष्ट्रिय माविमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेद सम्बन्धी सडक नाटक फागुन ३० गते प्रदर्शन गरेका छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार धोवीले विद्यालयमा बालबालिकाहरूले अतिरिक्त क्रियाकलापबाट मधेशी समुदायमा सन्देश मुलक सडक नाटक पहिलो प्रयास भएपनि धेरै राम्रो भएको बताउदै यसले विद्यार्थीमा नेतृत्व विकाससँगै सचेतनामुलक कार्यक्रमले थप उर्जा थपेको बताउनु भयो ।

जानकी गाउँपालिका स्तरीय मानव अधिकार समुह संयोजक मोहम्मद जहिर शेषले सडक नाटक मार्फत समुदायमा सकारात्मक सचेतनामा टेवा पुग्ने बताउनु भयो । विद्यालयका प्रध्यानाध्यापक अयोध्याप्रसाद यादवले विद्यार्थीहरू सृजनात्मक काममा सक्रिय बनाएको भन्दै इन्सेकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
लक्ष्मी थारू
HUMAN RIGHTS NEWS PORTAL






