बाल अधिकार समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
मकवानपुर । २०७९ पुस २१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय, हेटौँडाको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९ पुस २० गते चितवनको कालिका नगरपालिका वडा न. ९ स्थित शक्तिखोरमा सम्पन्न भयो । श्री राष्ट्रिय मावि मझवाङ र श्री चतुर्रमूखी मावि शक्तिखोरका बाल अधिकार समूहमा आवद्धभएका बालबालिकाहरूलाई बाल अधिकारको ऐतिहासिक पृष्ठभूमि, नेपालको संविधानले बाल अधिकारको लागि गरेको व्यवस्था तथा बाल बालिकासम्बन्धी ऐन, यौन दुर्व्यवहार र त्यस विरुद्धको कानुनी उपचारको प्रकृया, नेतृत्व विकास, बाल अधिकार चेतना समूहको कार्य योजना लगायतका विषयमा सामूहिक रूपमा तालिम दिइएको थियो । कार्यक्रममा इन्सक बाग्मती प्रदेश कार्यालय हेटौँडाका प्रदेश संयोजक गणेश भण्डारीले इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयमाहरूमा बाल समूह गठन गर्दै बाल बालिकाको क्षमता अधिवृद्धिको लागि तालिमको आयोजना गरेको बताउनु भयो । उहाँले कार्यक्रमलले बलबालिकामा नेतृत्व विकास गर्नसक्ने र बालबालिकालाई प्रतिनिधित्व गराएर विद्यालय र समाजमा परिवर्तन ल्याउन सकिने धारणा राख्नु भयो । उहाँले हरेक बालबालिकामा अधिकारसँगै कर्तव्यवोध हुनुपर्ने भन्दै कार्यक्रमको अर्को उद्देश्य बालबालिकामा लुकेर रहेको क्षमतालाई प्रस्फुटन गराउने पनि रहेको बताउनुभयो ।
उहाँले यसको साथै बाल अधिकार भनेको के हो, बालबालिकाको कर्तव्य र दायित्व, कानुनमा व्यवस्था गरिएका बालबालिकाहरूको अधिकार, बाल सहभागिता, बालअधिकारका चारओटा स्तम्भ, आवस्यकतामा आधारित अधिकार र अधिकारमा आधारित अधिकार, बालअधिकारको ऐतिहासिक पृस्टभूमि, बालअधिकार महासन्धि र बाल भित्तेपत्रीकाको बारेमा सहजिकरण गनुभएको थियो । कालिका नगरपालिका वडा न. ९ का वडा अध्यक्ष निलकण्ठ मगरले यस पालिकामा कार्यक्रम लागु गरेकोमा धन्यावद दिँदै यस कार्यक्रममा सहभागी बालबालिकालाई यहाँ सिकेका कुरा आफ्नो विद्यालय र समाजमा सिकाउनेछन् भन्ने कुरामा विस्वस्त रहेको बताउनुभयो । चतुर्रमुखी माविका सहायक प्रध्यापक पूर्णहादुर पुरीले बाल अधिकार समूहमा आवद्ध भएका भाइबहिनीहरूले आफ्नो विद्यालयमा र समाजमा भएका समस्याहरू समाधान गर्न सहयोग पुर्याउनुको साथै विद्यालयलाई बालमैत्री बनउन सहयोग गर्नेछन् भन्ने धारणा राख्नु भयो । राष्ट्रिय मावि मझाङका संरक्षक शिक्षक रामचन्द्र दवाडीले कार्यक्रमले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने कुरा व्यक्त गनुभयो । साथै सोही माविका बाल अधिकार समूहका चतुर्रमुखी माविका संरक्षक शिक्षक रितबहादुर भण्डारीले बालबालिकाको विशेष संरक्षणमा आर्थिक विपन्नता भएका बालबालिकाहरूलाई पनि समेट्नुपर्ने बताउनु भयो । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले बाल अधिकार, बालसंरक्षण, बालबालिकाको वर्तमान अवस्था, बालअधिकार ऐन २०७५ सम्बन्धी विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले हरेक बालबालिकामा फरक क्षमता हुन्छ त्यहि अनुसार अगाडि बढन दिनुपर्ने धारणा राख्नु भयो । अधिकारीले देशको सय वर्षको समृद्धि चाहिएको छ भने बच्चामा लगानि गर्नुपर्छ भन्ने मान्यता रहेको स्मरण गर्दै बालबालकामा राज्यको लगानि बढाउनु पर्ने बताउनुभयो । उहाँले बालबालिका भनेका कोपिला हुन त्यसैले तिनीहरूलाई शारीरिक, मानसिक, संवेगात्मका, सामाजिक, नैतिक तथा वौद्धिक विषयमा नकारात्मक प्रभाव पर्नबाट बचाउनु पर्ने धारणा राख्नु भएको थियो । इन्सेक बागमती प्रदेशका फोकल पर्सन बालुका न्यौपानेले बाल अधिकार संरक्षणमा देखिएका चुनौती, त्यसलाई समाधान गनुपर्ने तौरतरिका, बाल यौन दुर्व्यवहार, बालअधिकार समूहको काम कर्तव्य र बालअधिकार समूहको कार्ययोजनाबको बारेमा सहजिकरण गर्नु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा