बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन

कास्की । २०७९ चैत ३ गते

बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा सचेतना बढाऔं, बालबालिकाको भविष्य सुनौलो बनाऔं’ शिर्षकमा नाटक प्रदर्शन गरिएको हो । नाटकमा रोजिना अधिकारी, विद्या बुढाथोकी, दिब्या अधिकारी, अभय नेपाली, सृष्टि नेपाली, आयुष अधिकारी र उत्तम अधिकारीले विभिन्न भूमिकामा रहेर नाटकमा अभिनय गरेका थिए ।

कास्की क्षेत्र नं.– ३ का प्रतिनिधिसभा सदस्य दामोदर बैरागी पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम अधिकारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले विद्यार्थीहरूले नाटकमा जिवन्त अभिनय गरेको बताउनुु भयो । नाटकमा समाजमा देखिएको वास्तविक घटनालाई चित्रण गरिएकाले शिक्षा र स्वास्थ्यमा सचेतना फैलाउन सहयोग पुग्ने उहाँहरूले प्रतिक्रिया दिनु भयो ।

नारायण केसी