बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शन

मकवानपुर । २०८० असार ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी ०८० असार ८ गते सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा बालश्रम बाध्यता र सृजित परिस्थिति जस्ता विभिन्न समस्यामा पर्ने र समाजमा धेरै बालहिंसाका घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए । कार्यक्रममा मानव अधिकार सबैको साझा अधिकार भएको र यसमा बालबालिकालाई प्राथमिकतामा राखेर बाल अधिकारसम्बन्धी छुट्टै व्यवस्था हुँदा उनीहरूको भावनालाई समेट्न सकिएको राष्ट्रिय रोटरी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गाविन्द पौडेलले बताउनु भयो ।

     

यस्तो कार्यक्रममा सहभगी हुँदा बालबालिकाहरूले अफ्नो अधिकार र दायित्व बुझ्ने र उनीहरूको क्षमता अभिवृद्धि हुने प्रद्यानाध्यापक पौडेलले उल्लेख गर्नुभयो । कार्यक्रममा बाल अधिकार समूह अध्यक्ष कलसी सिलवालले बालअधिकार समूहले बालबालिकालाई जागरुक बनाउने हुँदा सिङ्गो समाज नै जागरुक हुने बताउनु भयो । बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शनमा बालअधिकार समूह अध्यक्ष कलसी सिलवाल, राष्ट्रिय रोटरी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गाविन्द पौडेल, सहायक प्रद्यानाध्यापक साधुराम रिजाल, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा