बाल अधिकार समूहद्वारा बालविवाहसम्बन्धी सडक नाटक प्रदर्शन

कास्की । २०८० पुस २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा माछापुच्छ्रे गाउँपालिका– ४ को महेन्द्र माविमा गठित बाल अधिकार समूहले ‘बाल विवाह अन्त्य गरौ सभ्य समाजको निर्माण गरौ’ भन्ने शिर्षकमा पुस २० गते सडक नाटक प्रदर्शन गरेका छन् । बाल अधिकार समूहले समाजमा विधमान बालविवाहको अवस्थालाई नाटक मार्फत प्रस्तुत गरि बालविवाह पछि परिवारमा र स्वंय बालबालिका माथि पर्ने असरको बारेमा जनचेतना फैलाउनको लागि नाटक प्रस्तुत गरेका हुन् ।

नाटक हेर्नको लागि जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी र मानव अधिकार समूहका व्यक्तिहरु तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । नाटकले बालविवाहको स्वभाव र त्यसको परिणामबारे आफूहरु सचेत हुन सहयोग गरेको सहभागी तथा अन्य स्थानीय व्यक्तिहरुले व्यक्त गरेका थिए ।

सन्जय रानाभाट