बाल अधिकार समूहद्वारा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन

मकवानपुर । २०८० असार ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी ०८० असार ७ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा र मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा महिला हिंसाको स्वरूप, विभिन्न समस्यामा पर्ने र समाजमा धेरै हिंसाका घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए । समाजमा रहेका महिला हिंसा र मानव बेचबिखन कम गर्न शिक्षा, सचेतना र आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने श्री प्रजा जागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर प्रजाले बताउनु भयो ।

   

हाम्रो समाजमा यस्ता घटनालाई न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरू ग्रामीण तहसम्म पुर्‍याउनु पर्नेमा प्रजाले जोड दिनुभएको थियो । बाल अधिकार समूहद्वारा महिला हिंसा र मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शनमा श्री प्रजा जागृति माध्यामिक विद्यालयका प्रद्यानाध्यापक सूर्यबहादुर प्रजा, सहायक प्रधानाध्यापक रामप्रसाद सापकोटा, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।

 

पुष्पराज अधिकारी