बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०८० मङ्सिर २५ गते
देवचुली – ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता २०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
१९ जना सहभागी भएको प्रतियोगितामा कक्षा ६ की अनुजा थापा प्रथम, कक्षा ८ की अनुपमा भट्टराई र कक्षा ७ का समृद्ध भुसाल तृतीय भएका थिए । प्रतियोगिताका प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको फोकल शिक्षक डिल्लीराम उपाध्ययले जानकारी दिनुभयो । बाल अधिकार समुहका अध्यक्ष निशा सारुको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि फोकल शिक्षक डिल्लीराम उपाध्याय, शिक्षकहरु, बाल अधिकार समूहका पदाधिकारी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
ज्ञानु पंगेनी