बाल अधिकार समूहद्वारा वातावरण संरक्षणको लागि वृक्षारोपण
धनुषा । २०८० असार १७ गते
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले वातावरण संरक्षणको लागि वृक्षा रोपण गरेका छन् ।

असार १५ गते विद्यालयको प्राङ्गनमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेको बाल अधिकार समूहका सचिव विवेक यादवले बताउनु भयो । सो अवसरमा समूहका संरक्षक शिक्षक सतेन्द्र शर्मा, प्रधानाध्यापक श्याम सिंह र मानव अधिकार समूहका अध्यक्ष सुरज महतो सहित विद्यालयका छात्रछात्राहरूले वृक्षा रोपण गरेका थिए । वृक्षा रोपण पश्चात प्रधानाध्यापक श्याम सिंहले वातावरण संरक्षणको लागि रुख विरुवा लगाउनु पर्ने भएको हुँदा सबैले आआफ्नो घरमा कम्तिमा २–४ ओटा रुख रोप्नु पर्ने बताउनु भयो ।
अजयकुमार साह
HUMAN RIGHTS NEWS PORTAL






