बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
मकवानपुर । २०८० जेठ ५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-४ स्थित पशुपति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले महिला तथा बाल हिंसाविरुद्ध ०८० जेठ १ गते सडक नाटक प्रदर्शन गरेको छ । समाजमा विभिन्न प्रकारका हिंसा उत्पन्न हुने र यस समस्याको समाधानको लागि विद्यार्थीहरूले सबैलाई सडक नाटक मार्सफत चेतना गराएका छन् । मनहरी गाउँपालिकामा बढ्दो महिला र बाल हिंसाविरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सबैले यस्तो हिंसा हँदा सबै महिला तथा बालबालिकाहरूले समयमै सम्बन्धित निकायलाई खबर गर्ने जस्ता विषयहरू समेटिएको थियो ।
नाटकमा समाजमा रहेको हिंसाविरुद्धका आवाज उठान गरिएकाे थियो । कार्यक्रममा बोल्दै बाल अधिकार समूहको अध्यक्ष सङ्गल गौतमले यस्ता कार्यक्रमले गाउँठाउँमा हिंसाको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । बालबालिकाको लागि व्यक्तित्व विकासका लागि संस्थाले बेलाबेलामा तालिम र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकोमा विद्यालय व्यवस्थापन अध्यक्ष माधव गौतमले इन्सेकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापक, पशुपति माविका विद्यालय व्यवस्थापन अध्यक्ष, पशुपति माविको शिक्षक, बाल अधिकार समूहको अध्यक्ष लगाएतकाको आतिथ्यता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा