बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

चितवन । २०८० असार ५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका-२ स्थित जनप्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बाल अधिकारसम्बन्धी ०८० असार ४ गते काउलेमा सडक नाटक प्रदर्शन गरेको छ । सडक नाटक प्रदर्शनमार्फत मानव बेचबिखन, परिवार र समाजमा परिरहेको नकरात्मक असर र बालबालिकामा हुने हिंसा रोकथामका लागि समुदायको भुमिका बारे जनचेतना फैलाउने प्रयास गरिएको थियो । त्यस्तै यस सडक नाटक प्रदर्शन कार्यक्रममा सम्पूर्ण शिक्षकहरूले यस सडक नाटक प्रदर्शन गर्नुको कारण भौगोलिक विकटका कारण र आर्थिक अभावका कारण होटलमा काम गर्न वा अरुको घरमा काम लगाइदिने आसमा विभिन्न प्रलोभन देखाइ लाने लैजाने क्रियाकलाप भएको हुँदा मानव बेचबिखनविरूद्ध भएको थियो ।

    

हाम्रै परिवार र समाजमा बालबालिकामा हुने हिंसालाई रोकथाम गर्न र सोही कुरा सम्बन्धित निकायमा समयमै जानकारी गराउने बारेमा स्पष्ट भएको जनप्रिय माध्यामिक विद्यालय शिक्षक रामबहादुर झ्यारी मगरले बताउनु भयो । यस सडक नाटक प्रदर्शनले बालबालिकामा भएको प्रतिभामा थप विकास गर्न र समाजमा व्याप्त बालबालिकामा हुने नकारात्मक असरका सन्दर्भमा महत्वपूर्ण सन्देश दिएको शिक्षक बुद्ध गौतमले जानकारी दिनुभयो । बाल अधिकार चेतना समूहले प्रदर्शन गरेको सडक नाटकमा शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो ।

दिपेन्द्र अधिकारी