बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
चितवन । २०८० असार ४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका-१ स्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बाल अधिकारसम्बन्धी ०८० असार ३ गते सडक नाटक प्रदर्शन गरेको छ । विकट पहाडी क्षेत्रको सीमान्तकृत वर्गका अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कापि कलम समेत किन्न नसकेको वास्तविक यथार्थ चित्रणबारे सचेतनामूलक सडक नाटकमा देखाएका थिए ।
सडक नाटक प्रदर्शन कार्यक्रममा श्री राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरले सडक नाटक प्रदर्शनले विद्यार्थीहरूमा भएको भित्री प्रतिभालाई निखर्ता ल्याउन र समाजमा सकारात्मक सन्देश दिन सक्ने तथा विद्यार्थीको चेतना विकास गर्न सक्ने बताउनु भयो । उक्त कार्यक्रममा श्री राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगर, नाटकमा प्रदर्शनमा स्थानीय, अभिभावक, स्वास्थ्यकर्मी, शिक्षक, लगाएतकाको आतिथ्यता रहेको थियो ।
दिपेन्द्र अधिकारी