बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
माछापुच्छ्रे गाउँपालिकाको शुक्लागण्डकी मावि मा इन्सेक द्वारा गठित बाल अधिकार समूहका बालबालिकाले २०८० असोज २६ गते सडक नाटक प्रदर्शन गरेका छन् । कास्की माछापुच्छ्रे– ३ घाचोकको भलाबोट चौतारीमा उक्त समूहले बालविवााह र त्यसको नकरात्मक असरको विषयमा सडक नाटक प्रस्तुत गरेका हुन् । बालबालिकाहरुले सानो उमेरमा बिवााह पछि बालिकाको स्वाथ्यमा पर्ने असर र पारिवारिक बोझका विषयमा ठाकुर रानामगर, प्रतिक्षा पोखरेल, रक्षा दहाल, प्रितम परियार, गुराँस नेपाली, रुपक मगर, शशक्ति लम्साल,बर्षा के सी,बन्दना पोखरेल र रुपेश मगरले आफ्नो प्रस्तुति देखाउनुभएको थियो ।
नाटक प्रदर्शनका विषयमा विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बालबालिकाहरुलाई समूहबद्द गरेर बाल अधिकार तथा अन्य अतिरिक्त क्षेत्रमा सक्रिय हुन सहयोग गर्ने संस्था इन्सेकलाई धन्यवाद दिदै बालबालिकालाई विद्यालयले गर्न सक्ने सहयोग गर्न सधै तयार रहेको बताउनुभयो । नाटक पछि सहायक प्रधानाध्यापक नारायण कुवँरले विद्यार्थीहरुले बाल अधिकार समूहमा बसेर गाउँसमाजमा हुने र भइरहेका समस्यालाई यसरी नाटक मार्फत प्रस्तुत गर्न सकेकोमा बालबालिकाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक र वरपरका स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा